दफा १२
राजस्व दाखिला र राजस्व लेखा -
१) प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई प्राप्त हुने राजस्व तथा सरकारी रकम कार्यालयमा प्राप्त भएपछि तोकिए बमोजिम बैंक दाखिला गर्नु पर्नेछ ।
(२) राजस्वको लगत तथा लेखा राख्ने तथा फाँटवारी पेश गर्ने, लेखापरीक्षण गराउने र त्यसको अभिलेख राख्ने उत्तरदायित्व कार्यालय प्रमुखको हुनेछ ।